पृथ्वीमा राज गर्ने सात जीव, जो अहिले लोप भए

नेपालभ्युज

पृथ्वीमा राज गर्ने सात जीव, जो अहिले लोप भए

एजेन्सी । पृथ्वीको निर्माणमा रुखविरुवा, मानिस, पशुपंक्षीको महत्वपूर्ण योगदान छ । धेरै वर्ष पहिला त्यस्ता केही जनावर पाइन्थे जो एकदमै धेरै शक्तिशाली हुन्थे । तर, अहिले छैनन् ।

ती मध्ये डाइनोसरको बारेमा त तपाईंलाई थाहै छ होला । त्यस्तै केही जनावरका बारेमा जानौं, जो समयसँगै पृथ्वीबाट लोप भए ।

सिलियन वुल्फ

सिलियन वुल्फ ग्रेर वुल्फको एक प्रजाति थिए । यी सन् १९२४ मा नै लोप भएका थिए । यस्तो मानिन्छ, यिनीहरुले धेरै नै शिकार गर्ने भएकाले आहाराको अभावमा लोप भएका थिए ।

वस्मानियन टाइगर

यो प्रजाति ८८ वर्ष पहिला लोप भएको थियो । यी अगाडिबाट ब्वाँसो जस्ता देखिन्थे र पछाडिको भाग भने बाघ जस्तो थियो ।

चिनियाँ पैडलफिस

चिनियाँ पैडलफिश यांग्त्जी नदीमा पाइन्थे । यिनीहरुलाई सन् २०१९ मा लोप भएको घोषणा गरिसकिएको छ । यी मिठो पानीमा रहने माछा थिए ।

डोडो

डोडोलाई अन्तिमपटक सन् १६६० को दशकमा देखिएको थियो । अर्थात यो करीब डेढ सय वर्ष पहिला लोप भएको थियो । यो जनावरलाई मानिसले धेरै नै शिकार गर्दथे ।

गोल्डेन टड

यो भ्यागुतो प्रजातीको जीव पनि ४० वर्षदेखि गायब छ । सन् १९९४ मा यो लोप भएको घोषणा गरिएको थियो । यी जीव हेर्दा एकदमै सुन्दर र अनौठा देखिन्थे ।

स्मूथ ह्यान्ड फिस

यो माछालाई सन् २०२० मा लोप भएको घोषणा गरिएको छ । यसको पछाडिको कारण अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन ।

डायनोसर

अब मात्र संग्रहालयमा अवशेष देख्न पाइने यो जनावरले पृथ्वीमा सयौं वर्ष राज गरेको थियो । वैज्ञानिकले डायनोसर अन्त ट्रियासिक कालमा लोप भएको बताएका छन् । यसलाई खाना नै यति धेरै चाहिन्थ्यो कि त्यसकै कमीले पृथ्वीमा बाँच्न गाह्रो भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved