कमलपोखरीको होटलमा बलात्कार, निस्कँदा बिल तिरेकी युवतीले दिइन् तीन महिनापछि जाहेरी !

पीडित र पीडक एकै कलेजमा एकै कक्षामा पढ्ने विद्यार्थी हुन् । घटना २३ फागुनको हो भने घटनास्थल कमलपोखरी भनिएको छ । होटलबाट निस्कँदा केटाले १२ सय र बाँकी पैसा केटीले तिरेकी थिइन् । तीन महिनापछि किटानी जाहेरी परेपछि केटा पक्राउ परेका छन् ।

नेपालभ्युज

कमलपोखरीको होटलमा बलात्कार, निस्कँदा बिल तिरेकी युवतीले दिइन् तीन महिनापछि जाहेरी !
फोटो- सांकेतिक स्केच

काठमाडौं । कमलपोखरीको एक होटलमा युवतीलाई बलात्कार गरेको आरोपमा उनका २० वर्षीय ‘प्रेमी’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भइ काठमाडौं सरस्वतीनगर बस्ने बुढाथोकी थरका युवा छन् । पीडितको उमेर २० वर्ष १० महिना छ ।

पीडित र पीडक एकै कलेजमा एकै कक्षामा पढ्ने विद्यार्थी हुन् । घटना २३ फागुनको हो भने घटनास्थल कमलपोखरीको ‘रोयल इम्पाएर होटल’ भनिएको छ ।

पीडितले उजुरी भने तीन महिनापछि जेठ दोस्रो साता प्रहरी वृत्त मालिगाउँमा हालेकी हुन् । बुढाथोकीले आफूलाई ‘धाकधम्की दिएर गाडीमा हालेर होटलमा लगेर जबरजस्ती गरेको’ पीडितले जाहेरीमा लेखेकी छिन् ।

सोही जाहेरी र प्रमाणका आधारमा बुढाथोकी पक्राउ परेका हुन् । पक्राउपछि प्रहरीले प्रतिवेदन तयार गरी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

‘जबरजस्ती गाडीमा हालेर लग्यो होटेलमा’

पीडितले जाहेरीमा आफूले नमान्दा नमान्दै पनि जबरजस्ती गाडीमा हालेर होटल लगेको उल्लेख गरेकी छिन् । यद्यपि केटा चिनजानकै रहेको बताएकी छिन् ।

“ऊ मेरो चिनजानको व्यक्ति हो । उसले म जाहेरवालालाई मन पराउँछु भनी प्रेम प्रस्ताव राखेको थियो । मैले मानिनँ,” उनले जाहेरीमा भनेकी छन् ।

“म जाहेरवालाको पछि लागी कोठामा समेत आयो । फागुन २३ गते बिहान ११ बजे ऊ मेरो डेराकोठा नजिक आयो । मलाई मेरो कोठाबाट बाहिर बोलाएर मलाई गाडीमा राख्यो । कमलपोखरीस्थित ‘रोयल इम्पाएर होटल’मा लग्यो । मन्जुरीबिना निजले मेरो शरीरमा लगाएको कपडा खोलेर बेडमा सुताइ पटक-पटक जबरजस्ती करणी गरेको हुँदा प्रतिवादीलाई जबरजस्ती करणीसम्बन्धी कसूरमा कारबाही गरी पाउँ,” त्यहाँ भनिएको छ ।

अभियुक्तको बयान- प्रेमिका हुन्, सहमतिमै भयो

अभियुक्त बुढाथोकीले भने जाहेरीवालासँग आफू प्रेममा रहेको दाबी गरेका छन् । उनले २०७७ सालमा आफू १६ वर्षको हुँदादेखि जाहेरीवालासँग लगातार शारीरिक सम्पर्कमा रहिरहेको दाबी गरेका छन् ।

“म कक्षा १० मा पढ्दै गर्दा जाहेरवालासँग फेसबूकमा चिनजान भयो । २०७७ सालमा काठमाडौं आइ सरस्वतीनगरमा बस्न थालेँ । जाहेरवालाले मलाई प्रेम प्रस्ताव राखिन् । त्यो बेला म भर्खर १६ वर्ष पुगेको थिएँ । सोही बेलादेखि जाहेरवाला र म प्रेम सम्बन्धमा थियौँ । एकै कलेजमा सँगै पढ्न थाल्यौँ,” उनको बयान छ ।

कलेज बाहेक अन्य समयमा समेत भेटघाट हुने र जाहेरीवालाको डेरामा आफू लगातार गइरहने गरेको अभियुक्तले बयान दिएका छन् ।

२०७७ सालको फागुनमा जाहेरवालाको कोठामा उनीबाहेक कोही नभएको बेलामा आफू गएको उनले बताएका छन् ।

अभियुक्तको बयान ।

“कोही नभएको बेलामा जाहेरीवालाले मलाई कोठामा बोलाएकी थिइन् । म उनको कोठामा गइ बसेको पनि थिएँ । दुवै जनाको सहमतिमा पहिलो पटक शारीरिक सम्बन्ध भएको हो । पछिका दिनहरूमा पनि पटकपटक शारीरिक सम्बन्ध हुँदै आएको थियो । बिहे गर्नेसमेत कुरा हुँदै थियो । पछि पढ्न म बुटवल गएँ । उनी काठमाडौंमा पढ्ने भइन् । पछिल्लो समय हामीहरू बीच एकमा शङ्का हुने गरेको थियो । सामान्य विवाद हुने गरेको थियो,” उनले बयानका क्रममा भनेका छन् ।

‘नक्कली बिहे’ गरेर केटालाई डिपेन्डेन्टमा अमेरिका पुर्‍याएकी युवतीले नेपाल फर्केर हालिन् श्रीमान्‌विरुद्ध बलात्कार मुद्दा

जाहेरीवालाको परिवार र आफ्ना घरपरिवारले समेत आफूहरूको सम्बन्ध थाहा पाएकाले छुटाउन प्रयास गरेको अभियुक्तको भनाइ छ ।

जाहेरीवालाको परिवारले आफ्नी छोरीलाई नभेट्न भनेको र भेटेमा जिन्दगी बर्बाद बनाइदिने भन्दै धम्की दिएको उनको आरोप छ । तैपनि आफूहरूले नमानेको प्रहरी र अदालतमा बयान दिएका छन् ।

दुवै जनाको सल्लाहमा होटलमा गएको, सहमतिमै सम्बन्ध भएको र जाहेरीवालाले होटेलको पैसा तिरेको अभियुक्तले बताएका छन् ।

“पीडितको परिवारले मलाई भेटेर गाली गरेका थिए । हाम्रो सम्बन्ध छुटाउन खोजेका थिए । तैपनि हामी गोप्य रूपमा भेटिरहेका थियौँ । पछिल्लो समय जाहेरवालाले मप्रति गर्ने व्यवहार फरक भएको भन्दै गुनासो राख्थिन् । मैले सम्झाइबुझाइ गर्दा उनले मेरो म्यासेजको रिप्लाई गरिनन् । फोनमा कुरा गर्दा गर्दै फोन काटिन् । जाहेरीवालाको आफन्तले ‘तेरो जिन्दगी बरवाद गर्दिन्छु’ भन्दै मलाई गाली गरेका थिए । हामीहरूबीच भेटेर कुरा गर्ने सरसल्लाह थियो । हामी सहमतिमै होटलमा गएका हौँ,” उनले भनेका छन् ।

उनले जाहेरीवालाले भनेको होटलको ४०५ नम्बर कोठामा बसेको स्वीकारेका छन् । “सहमतिमै तीन/चारपटक यौनसम्पर्क भएको हो । दिनभर होटलमा बसेर साँझ निस्कियौँ । होटलबाट फर्कँदा मैले १२ सय रुपैयाँ तिरेँ, त्यति मात्रै थियो । बाँकी पैसा उसैले तिरेर निस्किएका थियौँ । भोलिपल्ट जाहेरवाला मेरो घरमा आएकी थिइन्,” उनले भने ।

सरकारी वकिल कार्यालयले अभियुक्तलाई सातदेखि १० वर्षसम्म कैद र क्षतिपूर्ति दिलाउन अदालतसमक्ष माग गरेको छ ।

खाली हात आएका विदेशीले ठमेल पुगेपछि यसरी निकाल्छन् किलोका किलो कोकिन !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved