कौसीमा ‘प्ले द सिस्टम’ (तस्वीरहरू) 

प्राय: पितृसत्तात्मक प्रणालीले कार्यक्षेत्रमा महिला भएकै कारण उनीहरूको अस्तित्व स्वीकार्न असहज मान्दै आएको छ । यस्तै नमीठो अनुभूतिलाई नाटकको कथाले समेट्ने कोसिस गरेको छ ।

कौसीमा ‘प्ले द सिस्टम’ (तस्वीरहरू) 

काठमाडौं । टेकुस्थित कौसी थिएटर (कथा घेरा) मा असार ६ गतेदेखि नाटक ‘प्ले द सिस्टम’ को मञ्चन सुरु भएको छ ।

थेरेसा रेबेकको ‘ह्वाट वी आर अप अगेन्ट’लाई नेपालीमा रूपान्तरण गरी मञ्चन गरिएको नाटक कथा घेरा प्रोडक्सनको छैटौँ वार्षिकोत्सवको अवसरमा मञ्चन भएको हो ।

नाटकमा पितृसत्तात्मक प्रणाली र नारीद्वेषी चेतमाथि चोटिलो व्यङ्ग्य गरिएको छ । कार्यक्षेत्रमा हुने लैङ्गिक हिंसा र अन्यायलाई नाटकले मुख्य रूपमा समेटेको छ ।

प्राय: पितृसत्तात्मक प्रणालीले कार्यक्षेत्रमा महिला भएकै कारण उनीहरूको अस्तित्व स्वीकार्न असहज मान्दै आएको छ । यस्तै नमीठो अनुभूतिलाई नाटकको कथाले समेट्ने कोसिस गरेको छ ।

प्रियंकरले नेपालीमा अनुवाद गरेको नाटक ‘प्ले द सिस्टम’लाई आकाङ्क्षा कार्कीले निर्देशन गरेकी छन् । नाटकमा इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो र सुरज मल्लको अभिनय रहेको छ ।

नाटक मंगलबारबाहेक हरेक साँझ सवा पाँच बजे मञ्चन हुनेछ । असार ३१ सम्म मञ्चन हुने नाटकको शनिबार भने दिउँसो १ बजेको अतिरिक्त सो पनि मञ्चन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved