बलिउडका यी कलाकार जसले गरिरहेका छन् नियमित योग 

नेपालभ्युज

बलिउडका यी कलाकार जसले गरिरहेका छन् नियमित योग 

काठमाडौं । बलिउडका केही कलाकारले फिटनेसका लागि योगको सहारा लिइरहेका छन् ।

कलाकार मलाइका अरोडाले दुई दशकदेखि योगाभ्यास गरिरहेकी छन् । साथमा उनले मानिसलाई पनि योगका लागि प्रेरित गर्छिन् ।

शिल्पा शेट्टीले विगत १७ वर्षदेखि योगाभ्यास गरिरहेकी छन् । उनलाई बलिउडकी योगकी देवी पनि भनिन्छ । कुनै पनि परिस्थितिमा उनी योग छोड्दिनन् ।

त्यस्तै अभिनेत्री रकुल प्रीत सिंह पनि योगलाई समर्थन गर्छिन् । उनले पनि आफूलाई फिट राख्न नियमित योगाभ्यास गर्छिन् ।

विभिन्न योगाभ्यासको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेर अभिनेत्री करीना कपूर खानले पनि सबैलाई यसप्रति आकर्षित गर्छिन् । जीम गए पनि उनले योगाभ्यास छोड्दिनन् ।

मोडल तथा अभिनेता मिलिन्द सोमन पनि फिट शरीरका लागि चर्चित कलाकार हुन् । उनी पनि  नियमित रुपमा योग गर्छन् ।

त्यस्तै सधैँ फिट रहने अभिनेता करण सिंह ग्रोवरले पनि योगाभ्यास गर्छन् । उनले हप्तामा तीन दिन योगाभ्यास गर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved