तस्वीरमा ‘नेशनल माउन्टेनबाइक च्याम्पियनसिप २०८१’

तस्वीरमा ‘नेशनल माउन्टेनबाइक च्याम्पियनसिप २०८१’

काठमाडौं । नेपाल साइक्लिङ संघले गोकर्णेश्वरको यज्ञडोल (जगडोल) जंगलमा सुरु गरेको ‘नेशनल माउन्टेनबाइक च्याम्पियनसिप २०८१’ को आज दोस्रो दिन क्रस कन्ट्रीका विधामा प्रतियोगिता सञ्चालन भैरहेको छ ।

असार ७ गतेदेखि सुरु  भएको प्रतियोगिताको पहिलो दिन ‘डाउनहिल’ सेक्सनमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगिताको दोस्रो दिन शनिबार क्रसकन्ट्री विधामा जुनियर, महिला, पुरूष र एम्याचर गरि ९० जना खेलाडीले भाग लिदैँछन् । प्रतियोगितामा पुरूष तथा महिला गरि कुल ९० जना खेलाडीहरूले भाग लिएको आयोजक कमिटीका सदस्य देवेन्द्र बस्नेतले जानकरी दिए ।

प्रतियोगितामा विभिन्न तहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ, जसले राष्ट्रिय स्तरमा साइक्लिङ खेलको विकास र प्रबर्धनमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल साइक्लिङ संघले अपेक्षा गरेको छ ।

तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved