७१२ बोरा युरिया मल बरामद

नेपालभ्युज

७१२ बोरा युरिया मल बरामद

वीरगन्ज । पर्सा प्रहरीले भारतबाट अवैध ढंगले भित्र्याएको १० लाख मूल्य पर्ने ७१२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरूपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगन्जमा ल्याई अनाधिकृत भण्डारण गरेर राखेको ५० केजीका ७१२ बोरा मल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढंगले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापामर्दा सो मल बरामद भएको बताए ।

प्रहरीले अवैध मल भित्र्याएर भण्डारण गर्ने काममा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका–९ बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।

बरामद भएको मल पनि शुक्रबार नै भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ । भाडाको घरमा युरिया मल भण्डारण गरेका अवस्थामा प्रहरीले फेला पारेको थियो । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved