सूचनाको हकलाई जीवनशैली बनाउनुपर्छ : मुख्यमन्त्री कँडेल

नेपालभ्युज

सूचनाको हकलाई जीवनशैली बनाउनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सूचनाको हकलाई जीवनशैली बनाउनु पर्ने बताएका छन् ।

राष्ट्रिय महासंघ प्रदेशको पहिलो भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सूचना पाउनुपर्ने सबै नागरिकको कर्तव्य भएकाले सार्वजनिक क्षेत्रका सबैले सूचनाको हकलाई जीवनशैलीका रुपमा देखाउनुपर्ने बताएका हुन् ।

सूचना हकलाई जीवनमा राखेर पारदर्शी भएकार यसलाई जीवनयन्त बदल्न जरुरी कँडेलले बताए ।

‘मैले पाएको जिम्मेवार ठाउँमा छु । तपाईंले उठाएका मुद्दा म सम्बोधन र सुधार गर्छु ।’ उनले भने, ‘सूचनाका हकका विषयमा सबै नागरिकले थाहा पाउनु अहिलेको आवश्यकता हो ।’

कर्णाली आर्थिक सामाजिक तुलनात्मक रुप पछाडी रहेको त्यसको प्रभाव अगुवामा रहेको कारणले केही समस्या भएपनि सूचना दिनु सबै सार्वजनिक निकायको दायित्व भएको सूचना पाउनु सबै नागरिकको अधिकार रहेको उनले कँडेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved