खोलामा नुहाउन गएका २ बालिकाको डुबेर मृत्यु

नेपालभ्युज

खोलामा नुहाउन गएका २ बालिकाको डुबेर मृत्यु

सुर्खेत । डोल्पामा खोलामा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा काईके गाउँपालिका–५ बैजिबाराकी  १२ वर्षीया  रविना विष्ट र १० वर्षीया सोनी बुढा रहेका छन् ।

शनिबार बिहान फोक्सुन्डो खोलामा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए । विष्ट कक्षा ५ मा र बुढा कक्षा २ मा  अध्ययनरत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved