काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक रहेको बताए । उनले नयाँ आएको राजनीतिक दल आन्तरिक लोकतन्त्र विकसित गर्ने नभइ आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जिकिर गरे ।
उनले नयाँ आएको राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको बताए । उनले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पञ्जाभित्र नयाँ पार्टी रहेको बताए । नेतृत्वले नियन्त्रण गरेको पार्टी कांग्रेस हुनु नहुने पनि बताए । कांग्रेसले आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुनेगरी आफूलाई अघि बढाउन सक्नुपर्ने बताए ।
उनले भने, ‘नेपालको राजनीतिमा कांग्रेससँग कुनैपनि राजनीतिक दलको तुलना हुन सक्दैन । आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक छ । नयाँ आएको पार्टी त आन्तरिक लोकतन्त्र विकसित गर्ने होइन, आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जस्तो देखिन्छ ।’
सांसद पौडेलले नेपाली कांग्रेसले सुशासनको बारेमा स्पष्ट दृष्टिकोण दिन सक्नुपर्ने बताए ।
Facebook Comment
Comment