तौल कम गर्नका लागि विद्याले अपनाइन् ‘नो रअ’ डाइट

नेपालभ्युज

तौल कम गर्नका लागि विद्याले अपनाइन् ‘नो रअ’ डाइट

एजेन्सी । विद्या बालन हालै कार्तिक आर्यनको फिल्म चन्दु च्याम्पियनको स्पेशल स्क्रीनिंगमा पुगेकी थिइन् ।

उक्त कार्यक्रमका क्रममा सबैको ध्यान विद्या बालनतिर गयो । उनले एकदमै धेरै तौल कम गरेकी थिइन् ।

विद्या पहिलाभन्दा एकदमै पातली भएकी छन् । उनलाई हेरेर भन्न सकिन्छ उनले आफूलाई पूर्ण रुपमा परिवर्तन गरेकी छन् । केही दिन अगाडि विद्याले एउटा अन्तरवार्ता दिएकी थिइन् जहाँ उनले आफ्नो डाइटका बारेमा बताएकी थिइन् ।

विद्याले भनिन् कि उनले ग्लुटेन फ्री डाइट लिन्थिन् । एउटा नियम उनले अपनाउँछिन्, त्यो हो ‘नो रअ’ डाइट अर्थात उनी काँचो खाना खाँदैनथिन् ।

समयसँगै काँचो खानेकुरा नखाने खालको खानपिन पनि मानिसहरुले मन पराउन थालेका छन् । आउनुहोस् जानौं यो के हो र यसको पछाडि के विज्ञान छ ।

जस्तै नामबाट नै थाहा पाउन सकिन्छ, जहाँ खानपिनमा तरकारी, फल, माछामासु र दुग्धजन्य पदार्थलाई पकाएर नै खाइन्छ ।

कैयौं चीजहरुलाई प्रसोधन गरेर बनाइन्छ र जसले गर्दा ती आफ्नो प्राकृतिक अवस्थामा रहँदैनन् । त्यसैले विद्या यस प्रकारको डाइट अपनाउँछिन् ।

यस्तो खानपिनले उनलाई विश्वास आउँथ्यो कि जो उनले खाइरहेकी छन् त्यो सुरक्षित मात्र नभएर पौष्टिक पनि छ । जसमा पोषण पनि छ र सजिलै पचाउन पनि सकिन्छ ।

काँचो चीजहरु जस्तै माछामासु, अन्डा, दुग्धजन्य पदार्थ आदि जस्ता चीजले हानिकारक ब्याक्टेरिया बढाउँछन् जो गम्भीर विमारीको कारण पनि बन्न सक्छ ।

त्यसैले यी खाद्य पदार्थहरुलाई पकाउँदा रोगजन्य किटाणुहरु नष्ट हुन्छन् ।

‘नो रअ’ डाइटलाई अपनाउनका लागि खानालाई उसिन्ने, माइक्रोवेव गर्ने र ग्रील गर्ने जस्ता तरिकाहरु अपनाउन सकिन्छ । किनकी यी तरिका कम पानीको प्रयोगमा तयार हुन्छन् र पोषक तत्वहरुको नोक्सान पनि कम गर्छन् ।

पानीमा उमाल्दा भिटामिन सी र केही भिटामिन बी जसता पानीमा घुलनशील भिटामिन नष्ट हुन सक्छन् त्यसैले खानालाई उमाल्नबाट बच्नुहोस् ।

तर ध्यान दिनुहोस् डाइटिशियन, सर्टिफाइड फिटनेस कोचको सल्लाह नलिई यस्ता खालका डाइटलाई अपनाउने गल्ती नगर्नुहोस् ।

किनकी हरेक खानपिनको असर फरक प्रकारको हुन्छ जो सामान्य तरिकाले जान्न सकिँदैन ।

चिकित्सक वा विशेषज्ञले नै तपाईंको शरीरको चेकजाँच पश्चात् कस्तो डाइट लिन सही हुने सल्लाह दिन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved