कोशी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालभ्युज

कोशी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागका साथै लुम्बिनीका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।

बाँकी भू–भागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा साथै बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ५ दशमलव २ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा ९२ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved