‘सुपर ८’ मा भारतको लगातार दोस्रो जित, बंगलादेश ५० रनले पराजित

नेपालभ्युज

‘सुपर ८’ मा भारतको लगातार दोस्रो जित, बंगलादेश ५० रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा भारत विजयी भएको छ । गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो ।

भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन मात्रै बनायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो ।

भारत समूह ‘एक’ को शीर्ष स्थानमा छ । सुपर आठको खेलमा भारतको यो लगातार दोस्रो जित हो । यसअघि सुपर आठको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।

उपाधि दाबेदार भारतसँग पराजित हुँदै बंगलादेश भने आईसीसी टी–२० विश्वकपको सुपर ८ बाट बाहिरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved