माछा मार्न मध्यराति खोला गएका शिक्षकको बगेर मृत्यु, अन्य ६ जना घाइते

नेपालभ्युज

माछा मार्न मध्यराति खोला गएका शिक्षकको बगेर मृत्यु, अन्य ६ जना घाइते

काठमाडौं । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको मृत्यु भएको छ ।

माछा मार्न गएका अन्य ६ जना घाइते भएका छन् । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको हो ।

रोकाया सोही पालिकाको मालटाकुरा माविका शिक्षक रहेको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिइन् ।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका हुन् । उनीहरुको उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved