संसद सचिवालयका कर्मचारीको मागका विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेतृत्व छलफलमा

नेपालभ्युज

संसद सचिवालयका कर्मचारीको मागका विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेतृत्व छलफलमा

काठमाडौं । संसद सचिवालयका कर्मचारीको मागका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतृत्वको बैठक बसीरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।

बैठकमा मुख्य सचिव डा बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी छन् ।

विभिन्न माग राख्दै आन्दोलनरत कर्मचारीका विषयमा यसअघि सभामुख घिमिरेले अर्थमन्त्री पुनसहितको बैठक राखे पनि निश्कर्षविहिन भएको थियो ।

संसद सचिवालयका कर्मचारीहरु भत्ता पाउनुपर्ने भन्दै केहिदिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved