अष्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित, सेमिफाइनल पुग्ने आशा जिवितै

नेपालभ्युज

अष्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित, सेमिफाइनल पुग्ने आशा जिवितै

काठमाडौं । आइसीसी टी २० को सुपर ८ को खेलमा अफगानिस्तानले ऐतिहासि जित दर्ता गराएको छ ।

बलियो टोली अष्ट्रेलियामाथि अफगानिस्तानले २१ रनको जित हात पारेको हो । बिहान भएको सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले हराउन सफल भयो ।

अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अष्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो ।

जितसँगै अफगानिस्तानले सेमिफाइनलमा पुग्ने आशा बढाएको छ । योसँगै अफगानिस्तान र अष्ट्रेलियाको समान २–२ अंक भएको छ।

यो समूहबाट भारत सेमिफाइनलमा प्रवेश गरेको छ। समूह १ मा भारत ४ अंकका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलियाले भोलि भारतसँग खेल्नेछ भने। अफगानिस्तानले पर्सी बंगलादेशसँग खेल्नेछ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved