संसदका कर्मचारीको माग सम्बोधन गर्न कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन

नेपालभ्युज

संसदका कर्मचारीको माग सम्बोधन गर्न कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले आन्दोलनरत संसद सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि सहजीकरण गर्न समिति गठन गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन भएको हो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतृत्वको बैठकले कर्मचारीका माग सहजीकरण गर्न कानुन मन्त्री गिरीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।

प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले आइतबार बिहान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, कानुन, न्याय मन्त्री पदम गिरी, मुख्य सचिव डा. वैकुण्ठ अर्याल र संघीय संसदका महासचिप पद्मप्रसाद पाण्डेलाई बोलाएर छलफल गरेका थिए ।

सोही बैठकले कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले बताए ।

कर्मचारीहरू अतिरिक्त समयमा काम गरेको पारिश्रमिक, तलब भत्ता, आवास भत्ता, शैक्षिक भत्ता वृद्धि लगायतका ११ बुँदे माग राख्दै जेठ ३० गतेदेखि आन्दोलनमा छन् ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved