तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य २७ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved