केदार कार्कीको रिटमा सुनुवाइ हुँदै

नेपालभ्युज

केदार कार्कीको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा सुनुवाइ हुँदैछ । कार्कीले आफ्नो पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ आइतबार हुँदैछ ।

यसमाथि गत जेठ ३१ गते भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको थियो । रिट सुनुवाइका लागि नकुल सुवेदी, कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा पेशी चढेको छ ।

गत बिहीबार निवेदकका तर्फका कानून व्यवसायीको तर्फबाट मात्रै बहस भएको थियो । अब प्रतिवादीका तर्फबाट बहस हुनेछ ।

संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले आफूलाई हटाउन नमिल्ने तर्क गर्दै आएका छन् । तर, त्यहाँ अहिले नेकपा (एमाले) का हिक्मत कार्की मुख्यमन्त्री बनेका छन् ।

केदार कार्कीले उनलाई हटाउन र आफूलाई पुनर्वहाली गर्न रिटमार्फत माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved