बलिवुड अभिनेत्री सोनाक्षीको आज बिहे, हिजो लगाइन् ‘रामायण’ पूजा

नेपालभ्युज

बलिवुड अभिनेत्री सोनाक्षीको आज बिहे, हिजो लगाइन् ‘रामायण’ पूजा

काठमाडौं । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिदैछन् ।

सुरुमा दुवैले इन्गेजमेन्ट गर्नेछन् । त्यसपछि विवाह दर्ता गर्ने बताइएको छ ।

साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेस्टुरेन्ट बस्टनमा रिसेप्शन पार्टी हुने छ ।

रिसेप्शन पार्टीमा वेब सिरिज ‘हिरामाण्डी’को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुने बताइएको छ ।

सोनाक्षी सिन्हाको विवाहअघि शनिबार साँझ उनको घरमा ‘रामायण’ पूजाको आयोजना गरिएको थियो ।

सोनाक्षी र जहीर ७ वर्षदेखि रिलेशनशिपमा छन् । दुबैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवैजना प्रेम सम्बन्धमा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved