सुपरहिट फिल्मको ग्यारेन्टी लिने अभिनेता, एउटैबाट लिन्छन् ७० करोड

नेपालभ्युज

सुपरहिट फिल्मको ग्यारेन्टी लिने अभिनेता, एउटैबाट लिन्छन् ७० करोड

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता थलापति विजयका हिन्दी तथा नेपाली प्रसंशक पनि निकै छन् । थलापति विजय ५० वर्षका भएका छन् ।

दश वर्षको उमेरबाटै विजय बालकलाकारको रुपमा फिल्मी क्षेत्रमा प्रवेश गरेका थिए । अहिले उनी तमिलका साथसाथ तेलुगु र कन्नड फिल्ममा पनि प्रभावशाली छन् ।

रिपोर्टअनुसार थलापति विजयले एउटा फिल्मका लागि ५० देखि ७० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

यसबाहेक उनको कमाई फरक-फरक व्यवसायबाट पनि हुने गर्छ । चेन्नईमा उनको ८० करोडको बंगला छ । कयौं विलासी कारको संकलन पनि छ ।

भारतीय संचारमाध्यमको रिपोर्टअनुसार थलापति विजय करीब ४७४ करोड रुपैयाँ सम्पत्तिका मालिक छन् । उनको लोकप्रियता रजनीकान्तपछि दोस्रो नम्बरमा रहेको बताइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved