तेस्रो लिङ्गीलाई मासिक ५ हजार भत्ता

नेपालभ्युज

तेस्रो लिङ्गीलाई मासिक ५ हजार भत्ता

काठमाडौं । ताकेश्वर नगरपालिकाले तेस्रो लिङ्गीलाई मासिक ५ हजार रुपैयाँ हजार प्रोत्साहन भत्ता दिने भएको छ ।

त्यसका लागि नगरभित्र स्थायी बसोबास रहेका र पहिचान खुलेका हुनुपर्ने नगरपालिकाले जनाएको छ । तारकेश्वरले तेस्रो लिङ्गी भनेर कानूनसम्मत पहिचान भएकाहरूलाई आर्थिक वर्ष २०८१/८२ देखि मासिक ५ हजार दिने भएको हो ।

नगरप्रमुख कृष्णहरि महर्जनका अनुसार संविधानको परिकल्पनाअनुसार तेस्रो लिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ता दिन लागिएको हो ।

नेपालको संविधानको धारा ३८ र धारा ४२ मा राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएको छ । “त्यसअनुरूप नै हामीले प्रोत्साहन भत्ता दिने घोषणा गरेका हौँ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved