मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, स्वतः निलम्बित

नेपालभ्युज

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, स्वतः निलम्बित

काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अर्याललाई सञ्चार मन्त्रालयको सचिव हुँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यलाई क्षति पुग्ने निर्णयहरू गरेको अख्तियारको भनाइ छ ।

मुद्दा दायर भएसँगै अर्याल स्वतः निलम्बित भएका छन् । आइतबार अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको विशेष अदालतले जानकारी दिएको छ ।

मुद्दा दायर गरिनेहरूमा अर्यालका अतिरिक्त आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार श्रेष्ठ, तत्कालीन उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल छन् ।

त्यस्तै, आन्तरिक राजस्व कार्यालय लाजिम्पाटका तत्कालीन निर्देशक गणेश विक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ छन् । त्यस्तै, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिवल्लभ घिमिरे, शक्तिप्रसाद श्रेष्ठ छन् । प्रिन्ट सेल प्राइभेट लिमिटेड र त्यसका निर्देशक केशव शर्माविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

उनीहरूविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० विगो मागदाबी गरिएको विशेष अदालतले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved