एनसेल एपमा माछापुच्छ्रे बैंकको प्लेटफर्मबाट भुक्तानी गर्न मिल्ने

नेपालभ्युज

एनसेल एपमा माछापुच्छ्रे बैंकको प्लेटफर्मबाट भुक्तानी गर्न मिल्ने

काठमाडौं । नेपालमा नै बनेको एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्म मार्फत् भुक्तानी गर्न मिल्ने भएको छ । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता गर्दै उक्त सुविधा ल्याइएको हो ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंक लि।मा आफ्नो खाता भएका एनसेलका ग्राहकहरूले बैंकको मोबाइल बैकिङ्ग एप एमबीएल एम–स्मार्टको चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरू खरिदका लागि भुक्तानी गर्न सक्नेछन् ।

यसै गरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरूले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंक लि.को खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंक लि।ले लिएको छ । एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ ।

यसका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved