कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेपालभ्युज

कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । सर्वाेच्च अदालतले  कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट हेर्दाहेर्दैमा राखेको  छ ।

३१ जेठमा   न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दामा राखेर आइतबार सुनुवाइ भएको  उक्त रिटमा बहस नसकिएपछि पूर्ण इजलासले आज पनि हेर्दाहेर्दैमा राखेको हो । सो रिटमा अब अर्को सुनुवाइ सोमबार हुने बताइएको छ ।

आइतबार  निवेदक केदार कार्कीको तर्फबाट एक जनाले बहस गरेका थिए भने प्रदेश प्रमुख परशुराम खापुङको तर्फबाट  चार जनाले बहस गरे ।

यस्तै, प्रदेश सभामुख अम्बरबहादुर विष्ट र वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट  दुई जनाले बहस गरेका थिए । रिटमा प्रतिवादी बनाइएका तीन जना सांसदको पक्षको बहस सोमबार  हुने बताइएको छ ।

कोशीका प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई २६ वैशाखमा पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरे पछि  नयाँ सरकार गठनका विरुद्ध केदार कार्कीले  सोही दिन सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved