कोशी र गण्डकीमा भारी वर्षा, देशभर आंशिक बदली

नेपालभ्युज

कोशी र गण्डकीमा भारी वर्षा, देशभर आंशिक बदली

काठमाडौं । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ० दशमलव २ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै जिरीमा ९२ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved