आयोजक जर्मनी युरो कपको अन्तिम १६ मा

नेपालभ्युज

आयोजक जर्मनी युरो कपको अन्तिम १६ मा

काठमाडौं । जर्मनी युरो कपको अन्तिम १६ मा पुगेको छ । स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै आयोजक जर्मनी समूह ‘ए’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो ।

निकलास फुलक्रुगले इन्जुरी समयमा गोल गरेपछि जर्मनी र स्विट्जरल्यान्डबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।

आज बिहान भएको खेलमा स्विट्जरल्यान्डले सुरुवाती अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा डान एनडोयोले स्विस टोलीलाई अग्रता दिलाएका थिए । तर

९२ औँ मिनेटमा फुलक्रुगले स्विट्जरल्याण्डविरुद्ध एक गोल हाने । योसँगै जर्मनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

बराबरीपछि ३ खेलबाट जर्मनीको ७ अंक भएको छ । स्विस टोलीले समान खेलबाट ५ अंक जोडेको छ ।

यस समूहको अन्य खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हरायो ।

यो नतिजापछि हंगेरीले प्रतियोगिताको नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ भने स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

हंगेरीको ३ अंक छ भने स्कटल्यान्डको १ अंक मात्र छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved