चीनका उपविदेश मन्त्री सुन आज काठमाडौं आउँदै, तीन दिन नेपालमा रहने

नेपालभ्युज

चीनका उपविदेश मन्त्री सुन आज काठमाडौं आउँदै, तीन दिन नेपालमा रहने

काठमाडौं ।  चीनका उपविदेशमन्त्री सुन वेइडोङ औपचारिक भ्रमणमा आज नेपाल आउदै छन् ।

भोलिदेखि काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन उपविदेशमन्त्री वेइडोङ् नेपाल आउन लागेका हुन् ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु समेत सहभागी हुनेछन् ।

बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

उनी तीन दिन नेपालमा रहने छन् । नेपालमा रहदा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने छन् ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved