पोखरेललाई एआइजीमा बढुवा सिफारिस

नेपालभ्युज

पोखरेललाई एआइजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई बढुवा सिफारिश गरेको हो ।

पोखरेल अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । उनको स्थानमा पोखरेलाई बढुवा सिफारिस गरिएको हो ।

एआईजीको फुली लगाएको २ दिनमै पोखरेल पनि अनिवार्य अवकाशमा जानेछन् । पोखरेल पनि ५६ वर्षे उमेर हदका कारण जोशी अवकाशमा गएको २ दिनपछि असार २० गते राति १२ बजेबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जानेछन् ।

एआइजी बढुवा समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन्। प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved