निमित्त मुख्य सचिवको जिम्मेवारी गड्तौलालाई तोकियो

नेपालभ्युज

निमित्त मुख्य सचिवको जिम्मेवारी गड्तौलालाई तोकियो

काठमाडौं । सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी तोकिएको छ ।

मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टचार आरोपमा निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो ।

कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने व्यवस्थाअनुरूप गड्तौलालाई निमित्तको जिम्मेवारी दिइएको हो ।

गड्तौला २०७७ कात्तिक गते नेपाल न्याय सेवाको कानून समूहतर्फ सहसचिवबाट सचिवमा बढुवा भएकी थिईन ।

उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानून तथा मानव अधिकार क्षेत्र हेर्दै आएकी छन् । ५८ वर्षे उमेरहदका कारण गड्तौलाले आगामी भदौ महिनामा अनिवार्य अवकाश पाउनेछिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि अर्याल स्वतः निलम्बन भएका थिए ।

सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको व्यवस्था अनुसार उनी निलम्बनमा परेका हुन् ।

अर्यालसहित १२ जनालाई अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved