बाढीले मेलम्ची नदीको पुल बगायो

नेपालभ्युज

बाढीले मेलम्ची नदीको पुल बगायो
melamchi bazar

काठमाडौं । मनसुन सक्रिय भएसँगै सुरु भएको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएपछि पुल बगाएको हो ।

बाढीले मेलम्ची नगरपालिका–११, मा रहेको अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

तीन वर्ष अघि बाढीले पुल बगाएपछि त्यहाँ ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।

मेलम्ची बजार र नगरपालिकाका वडा नम्बर–७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर–१ र २ र हेलम्बुको केही वडालाई सो अस्थायी पुलले जोडेको थियो ।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान असहज भएको छ । रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै प्रमुख तामाङले ह्युमपाइप झिकेर पुन सुरक्षित पुल राखिने बताए ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved