साउथ अफ्रिका सेमिफाइनलमा प्रवेश, आयोजक वेस्ट इन्डिज ‘सुपर ८’ बाटै बाहिरियो

नेपालभ्युज

साउथ अफ्रिका सेमिफाइनलमा प्रवेश, आयोजक वेस्ट इन्डिज ‘सुपर ८’   बाटै बाहिरियो

काठमाडौं । आयोजक वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–ट्वेन्टी विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ ।

बिहान भएको खेलमा दक्षिण अफ्रिका तीन विकेटले विजयी भएको हो ।

टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रनको लक्ष्य दिएको थियो ।

तर, वर्षाले खेल प्रभावित हुँदा तीन ओभर कम गरिएको खेलमा १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात विकेट गुमाउँदै भेट्टायो ।

यो सँगै समूह २ बाट इङ्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् ।

साउथ अफ्रिका टी–२० विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो ।

गएराति अमेरिकालाई  १०  विकेटले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ ।

सुपर ८ मा अंकविहिन रहेको अमेरिका बाहिरिएको छ । यस्तै वेष्ट इन्डिज पनि सुपर ८ बाटै बाहिरिनु परेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved