मन्त्रिपरिषद्को निर्णय

स्वतः निलम्बित वैकुण्ठ अर्यालका लागि सिर्जना गरियो मुख्य सचिव सरहको विशेष पद

नेपालभ्युज

स्वतः निलम्बित वैकुण्ठ अर्यालका लागि सिर्जना गरियो मुख्य सचिव सरहको विशेष पद

काठमाडौं । सरकारले निलम्बित मुख्य सचिव वैकुण्ठ अर्यालका लागि नयाँ पद सिर्जना गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नयाँ पदमा सरुवा गरेको छ ।

‘नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम उहाँ स्वतः निलम्बन हुनुभएको छ । हालमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरिएको छ’, मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

कसैलाई मुद्दा दायर हुँदैमा ऊ दोषी प्रमाणित नहुने तर ‍मुद्दा अवधिभर पद निलम्बनमा रहने भएकाले नयाँ पद सिर्जना गर्नुपरेको मन्त्री शर्माको भनाइ छ ।

‘एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ, अर्कोतिर पद रिक्त भएको छैन । त्यसैले हामीलाई कायममुकायम गर्न वा रिकन्फर्म गर्न वा अरु केही गर्न पनि बाटो नखुल्ने भएकाले विशेष पद सिर्जना गरिएको हो’, उनले भनिन् ।

शर्माका अनुसार, अर्यालको अवधिभर सो विशेष पद कायम रहन्छ, उनको अवधि सकिएपछि विशेष पद स्वतः हट्ने छ ।

अहिलेलाई अर्यालको पदाधिकार सारिएको र अन्य विषय न्यायालयको निर्णय अनुसार हुने उनले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved