पाउण्ड बलियो हुँदा डलर स्थिर 

नेपालभ्युज

पाउण्ड बलियो हुँदा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको विनिमय दर केही बढेको छ भने डलरको मूल्य स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४२ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved