काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुले आफूले भनेको नमानेको कुरा बताएको उल्लेख गर्दै प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै प्रश्न गरे ।
सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने ? भन्ने उनको अर्को प्रश्न थियो । उनले सरकार अराजकतातिर गइरहेको बताए ।
उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसद्मा रहेको भनेर दिएको अभिव्यक्ति र रक्षामन्त्री हरि उप्रेतीले आइतबार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति पदीय मर्यादाअनुरुप नरहेको जिकिर गरे ।
Facebook Comment
Comment