बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति ६९ खर्ब ४३ अर्ब, वैदेशिक सम्पत्ति कति ? 

नेपालभ्युज

बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति ६९ खर्ब ४३ अर्ब, वैदेशिक सम्पत्ति कति ? 

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक र वैदेशिक सम्पत्ति बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्र सर्वेक्षणका तथ्यांकअनुसार बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति चालु आवको तेस्रो त्रैमाससम्म ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । भने, वैदेशिक सम्पत्ति १७ अर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

यस्तै, वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रुपैयाँ रहेकोमा ४ दशमलव ६ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ९ खर्ब ७७ अर्ब ५४ करोड रहेको छ भने २०८० पुस मसान्तमा ८ दशमलव ३ प्रतिशतले घट्न गई ९ खर्ब ४० अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ ।

वित्तीय क्षेत्रको सार्वजनिक गैर– वित्तीय संस्थान माथिको दाबी २०८० असार मसान्तमा ३६ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा १६ दशमलव ४ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ३० अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने २०८० पुस मसान्तमा ० दशमलव २ प्रतिशतले वृद्धि भई ३६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०८० असार मसान्तमा ५७ खर्ब ७८ अर्ब ९७ करोड रहेकोमा १ दशमलव ५ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ५८ खर्ब ६६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा ३ दशमलव २ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ ।

यस्तै, वित्तीय क्षेत्रको आन्तरिक दाबी २०८० असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ रहेकोमा ० दशमलव ५ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ६८ खर्ब ७४ अर्ब ४३ करोड पुगेको छ भने २०८० पुस मसान्तमा १ दशमलव ५ प्रतिशतले वृद्धि भई ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

यस्तै, वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १४ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ रहेकोमा ६ दशमलव ६ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १५ खर्ब ४४ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा १९ दशमलव ५ प्रतिशतले वृद्धि भई १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved