कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द, यस्तो छ कारण

नेपालभ्युज

कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द, यस्तो छ कारण
फाइल तस्वीर

काठमाडौं । धावनमार्ग विस्तारलगायतका कारणले आउँदो २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।

ट्याक्सी वे, पार्किङ वे’लगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाइएको छ ।

विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकबाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । यो पाँच महिना अवधिसम्म रहनेछ ।

२३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टा मात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ ।

हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ । विमानस्थल राति २ बजेसम्म चल्दै आएको छ ।

काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै अब वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved