सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको बजेट ३ अर्ब ५९ करोड

नेपालभ्युज

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको बजेट ३ अर्ब ५९ करोड

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ को बजेट प्रस्तुत गरेको छ ।

१५ औंं नगरसभामामा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको अनुमानित स्रोतको प्रस्ताव गरेका थिए ।

संघीय वित्तीय सामानीकरण अनुदान २४ करोड १२ लाख, संघीय सर्शत अनुदान एक अर्ब ६९ करोड २८ लाख ५१ हजार ३६ रुपैयाँ, संघीय राजश्व बाँडफाँट १८ करोड ९८ लाख ८१ हजार ९० रुपैयाँ, संघीय सरकार विशेष अनुदान पुँजीगत १ करोड ५० लाख, संघीय सरकार समपूरक अनुदान पूँजीगत १ करोड, संघीय सरकार रोयल्टी ८ लाख १८ हजार ८ सय ७३ रुपैयाँ प्रस्ताव गरिएको छ ।

त्यस्तै, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान २ करोड ९९ लाख १४ हजार, प्रदेश सशर्त अनुदान २८ करोड १३ लाख ३८ हजार, प्रदेश राजश्वव बाँडफाँट ६४ लाख ७५ हजार १ सय ४८ रुपैयाँ, घर, जग्गा, रजिस्ट्रेसन तथा मनोरञ्जन १४ करोड ३६ लाख ५८ हजार ८ सय ५२ रुपैयाँ, दहत्तर बहत्तर शुल्क २ करोड ५० लाख, नगरपालिकाको आन्तरिक आय ३६ करोड ८३ लाख ४ हजार, आर्थिक वर्ष २०८०/८१ को खर्च नभइ मौज्दात रहने रकमबाट १८ करोड ७४ लाख २८ हजार र सामाजिक सुरक्षा अनुदान ४० करोड गरेर कुल बजेट ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ को बजेट आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको नगरका उपप्रमुख खनालले बताए ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको विनियोजनमा तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि ३१ करोड ५० लाख, खानेपानी, सुशासन तथा पूर्वाधार प्रबर्द्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि रु १० करोड, वडा स्तरीय योजना तथा कार्यक्रमका लागि १७ करोड २० लाख, मेयरसँग महिला किसान कार्यक्रमका लागि १ करोड ६० लाख, वडास्तरीय नगर गौरव आयोजनाका लागि ८ करोड उपप्रमुख खनालले बताए ।

नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरुमा कृषि विकास कार्यक्रमतर्फ ५६ लाख ५० हजार, पशुपन्छी विकास कार्यक्रमतर्फ ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हिततर्फ ६१ लाख ५० हजार, जनस्वास्थ्य प्रवर्द्धन तथा नगर अस्पतालतर्फ ४ करोड ५ लाख ५८ हजार, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग लगायत अन्य लक्षित वर्गतर्फ १ करोड १६ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, शिक्षा, युवा तथा खेलकुदतर्फ ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापनतर्फ २ करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनतर्फ २ करोड १७ लाख ४५ हजार, नगर स्तरीय विविध पूर्वाधार विकास तर्फ २५ करोड ८५ लाख ५० हजार, कृषि, पशु, खानेपानी, शुसासन तथा पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगार, झोलुङ्गे पुल जस्ता कार्यक्रमका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान १ अर्ब ६९ करोड २८ लाख ५१ हजार, संघीय सरकारबाट प्राप्त विशेष अनुदान १ करोड ५० लाख, संघीय सरकारबाट प्राप्त आयोजना तथा कार्यक्रमहरुका लागि समपूरक अनुदान १ करोड प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान २८ करोड १३ लाख ३८ हजार, संघीय सरकारबाट प्राप्त सामाजिक सुरक्षा कार्यक्रमका लागि ४० करोड विनियोजन गरिएको उपप्रमुख खनालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved