गर्मी छल्न तल्लो भोटेकोसीको छालसँगै पौँठेजोरी (तस्वीरहरू‌)

गर्मी छल्न तल्लो भोटेकोसीको छालसँगै पौँठेजोरी (तस्वीरहरू‌)

सिन्धुपाल्चोक। गर्मी बढेसँगै भोटेकोसी नदीमा र्‍याफ्टिङ गर्न आन्तरिक पर्यटकको चाप दिनानुदिन बढ्दै छ। भोटेकोसी, जलयात्राको लागि नेपालकै उत्कृष्ट र विश्वकै चौथोमा पर्छ ।

समुन्द्री सतहबाट ५५० मिटरको उचाइमा भएता पनि सुकुटे क्षेत्र जल पर्यटनकोलागि नेपालकै उत्कृष्ट मध्येको एक गन्तव्य हो ।

चीनको तिब्बतबाट आएको भोटेकोसी, दोलखाको कालिन्चोकबाट आएको सुनकोसीलगायतका नदी मिसिएर बनेको उपल्लो र तल्लो भोटेकोसी, नेपालकै प्रमुख जल पर्यटनको प्रमुख नदी हो ।

उपत्यकाका आन्तरिक पर्यटकको लागि यो क्षेत्र नदीसँग सम्बन्धित खेलका लागि पहिलो रोजाइ बनेको छ।

अहिले सुकुटे क्षेत्रमा जलयात्रा गर्ने आन्तरिक पर्यटकको चाप दिनानुदिन बढ्दै छ ।

हेरौँ, जलयात्राको केही तस्वीरहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved