ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँ

नेपालभ्युज

ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँ

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालू वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको ललितपुरले आगामी वर्षका लागि बजेटको आकार १५ प्रतिशतले बढी हो ।

यसमध्ये चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालू खर्चतर्फ विनियोजन भएको थियो ।

विनियोजन भएकोमा आगामी वर्षमा सामाजिक सुरक्षा भत्ता बापत थप १५ करोड विनियोजन भएको छ । यस्तै, अन्य प्रशासनिक खर्च तर्फका पारिश्रमिक लगायतका अनिवार्य दायित्वको रूपमा रहेको खर्चमा हुने वृद्धिका आधारमा चालु खर्च तर्फ गत वर्षको तुलनामा करिब २९ करोड बढ्ने प्रक्षेपण गरिएको छ ।

अर्थात् यो रकम चालु वर्षको तुलना ११ प्रतिशत बढी हो । पुँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरेको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन् ।

चालु आर्थिक वर्षमा पुँजीगत खर्च ४ अर्ब २१ लाख ४६ हजार विनियोजन भएकोमा बहुवर्षीय तथा अधुरा योजनाहरूको भुक्तानी र पूर्वाधार विकासका लागि थप खर्च हुने आङ्कलन गरी गत वर्षको भन्दा करिब ६८ करोड रकम पुँजीगत खर्चमा थप हुने गरी प्रस्ताव गरिएको छ । अर्थात् यो रकम चालु वर्षको तुलना १७ प्रतिशत बढी हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved