सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबारदेखि बन्द गरिएको छ ।
मेलम्ची नदीको बहाव बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।
माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न सोमबारदेखि आपूर्ति बन्द गरिएको उनले बताए ।
उनले भने, “नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा राखेका थियौँ, नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्ने निर्णय गरेका छौँ, अब वर्षा कम भएपछि आयोजना पुनः सञ्चालन हुनेछ।”
गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा पानी बन्द गरिएको थिएन।
Facebook Comment
Comment