यस्तो छ सरकार र रुवी खानबीच भएको ५ बुँदे सहमति

नेपालभ्युज

यस्तो छ सरकार र रुवी खानबीच भएको ५ बुँदे सहमति

काठमाडौं । सरकार र अनशनरत रुवी खानबीच पाँच बुँदे सहमति भएको छ । उक्त सहमतिसँगै  खानले अनशन तोडेकी छन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उनलाई जुस पिलाएर अनसन तोडाएका हुन् ।

सहमति पत्रमा सरकारका तर्फबाट वार्ता समितिका संयोजक उपसचिव एकदेव अधिकारी, प्रहरी उपरीक्षक निरजन्जदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपानले हस्ताक्षर गरेका छन् । यस्तै आन्दोलनरत पक्षका तर्फबाट रुवी खानलगायतले हस्ताक्षर गरेका छन्  ।

निर्मला कुर्मीको जाहेरीबारे प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखि पठाउने, सुमदरानी थारुको घटनामा भइरहेको काम कारबाहीमा शीघ्रता ल्याउने र खानले जारी राखेका आन्दोलनका कार्यक्रम अन्त्य गरिने  लगायतका सहमतीहरु भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved