प्लास्टिकको चपिंग बोर्ड प्रयोग गर्दा हुन सक्छ यस्तो नोक्सानी

नेपालभ्युज

प्लास्टिकको चपिंग बोर्ड प्रयोग गर्दा हुन सक्छ यस्तो नोक्सानी

काठमाडौं । हरेकको घरमा तरकारी र अन्य सामान काट्नका लागि चपिंग बोर्ड प्रयोग हुन थालेको छ । चपिंग बोर्ड कुनै प्लास्टिकका त कुनै काठका हुन्छन् ।

तपाईंले पनि प्लास्टिकको चपिंग बोर्ड प्रयोग गर्नुहुन्छ भने सावधान हुनुहोस् । किनकि यसमा तरकारी काट्नु स्वास्थ्यका लागि नोक्सानदायक सावित हुन सक्छ ।

प्लास्टिकको चपिंग बोर्डमा राखेर काटेका तरकारी हानिकारक माइक्रोप्लास्टिकको एउटा खतरनाक श्रोत हुन सक्छ । यी साना कण हुन्छन् जो खानासँग तपाईंको पेटमा जान्छन् ।

प्लास्टिकको चपिंग बोर्ड मात्र नभएर राम्रोसँग सफा गरिएन भने काठको बोर्ड पनि नोक्सानदायक सावित हुन सक्छ । हरेक प्रयोग पछि राम्रोसँग सफा नगर्दा चपिंग बोर्डमा साना-साना किटाणु बनिरहेका हुन्छन् । जो तरकारीको माध्यमबाट हाम्रो पेटमा जान्छन् ।

प्लास्टिकको चपिंग बोर्डको प्रयोग गर्दा वान्ता हुने तथा पखाला लाग्ने जस्तो समस्या पनि हुन सक्छ । यस्तो भयो भने यसको प्रयोग तुरुन्तै बन्द गर्नुहोस् ।

प्लास्टिकको चपिंग बोर्डलाई सफा राखेर प्रयोग गर्दा यसका किटाणु मरे पनि तरकारी वा फल काट्ने समयमा आउने प्लास्टिकबाट भने बच्न सकिँदैन ।

त्यसैले तुलनात्मक रुफमा काठको चपिंग बोर्ड प्रयोग गर्नु सुरक्षित हुन्छ । तर, यसको सरसफाईमा भने एकदमै धेरै ध्यान दिनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved