महंगो फेसवासले होइन्, चन्दन पाउडरले धुनुहोस् मुख

नेपालभ्युज

महंगो फेसवासले होइन्, चन्दन पाउडरले धुनुहोस् मुख

एजेन्सी । हामीले आफ्नो अनुहारको फोहोर तथा मेकअप सफा गर्न फेसवासको प्रयोग गर्छौं । तर, बजारमा पाइने फेसवासको ठाउँमा तपाईंले चन्दनको पाउडरले मुख धुनुभयो भने धेरै फाइदा हुन सक्छ ।

चन्दनको प्रयोग गर्दा पाइने फाइदाबारे आज हामी बताउनेछौं ।

लामो समय बाहिर रहँदा छालामा धुलोमाटो जम्मा हुन थाल्छ । यसले गर्दा छालासँग जोडिएका विभिन्न समस्या हुन थाल्छन् । यस्तोमा चन्दन पाउडरले अनुहार धुनुभयो भने यसले छाला स्वस्थ बनाइराख्न सहयोग गर्छ ।

चन्दन पाउडरले अनुहार धुन सबैभन्दा पहिला यसको पेस्ट तयार गर्नुहोस् । यसका लागि एक चम्चा चन्दन पाउडरमा आधा चम्चा मह र दुई चम्चा गुलाब जल मिसाउनुहोस् ।

यी सबै चिजको मिश्रणलाई आफ्नो सम्पूर्ण अनुहारमा लगाउनुहोस् र हल्का हातले मालिस गर्नुहोस् । दुईदेखि तीन मिनेटसम्म अनुहार मालिस गरेपछि केहीबेर पेस्ट सुक्न दिनुहोस् । अब सामान्य पानीले छाला सफा गर्नुहोस् ।

चन्दन पाउडरको यो पेस्टले अनुहार धुँदा एकदमै फ्रेस अनुभव हुन्छ । साथमा विस्तारै छालामा चमक पनि आउन थाल्छ ।

अनुहारमा दागधब्बा छन् भने पनि यो पेस्टले अनुहार धुँदा फाइदा हुन्छ । यसको नियमित प्रयोगले दागधब्बा कम हुँदै जान्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved