मनसुन प्रणाली देश भर फैलियो, अधिकांश भेगमा वर्षा

नेपालभ्युज

मनसुन प्रणाली देश भर फैलियो, अधिकांश भेगमा वर्षा
सांकेतिक तश्वीर

काठमाडौं । मनसुन प्रणाली देश भर फैलिएको छ । दुई साता अघि पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देश भर फैलिन १५ दिन लागेको छ ।

नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो प्रवेश गरेपनि देश भर फैलन भने समय लागेको हो ।

मनसुन सक्रिय भएसँगै अब बाढी, पहिरो, डुबान, भू–क्षय जस्ता कारणले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ । वर्षाका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

कोशी, मधेस,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली भएको छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३२ दशमलव १ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ० दशमलव ८ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै घोराहीमा ३० दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved