युरो कपमा अल्बानियालाई हराउँदै स्पेन अन्तिम १६ मा, इटाली पनि सुरक्षित

नेपालभ्युज

युरो कपमा अल्बानियालाई हराउँदै स्पेन अन्तिम १६ मा, इटाली पनि सुरक्षित

काठमाडौं । स्पेन युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अपराजित रहँदै स्पेनले अन्तिम १६ मा स्थान बनाएको हो ।

समूह बी अन्तरगतको अन्तिम खेलमा अल्बानियालाई १–० गोल अन्तरले हराउँदै स्पेन ९ अंकका साथ प्रि क्वार्टर फाइनलमा पुगेको हो । स्पेनका लागि खेलको ४३ औँ मिनेटमा फारेन टोनेसले गोल गरे ।

गएराति नै भएको अर्को खेलमा अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।

इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसियाविरुद्ध १–१ को बराबरी खेल्दै इटाली पनि अन्तिम १६ मा पुगेको हो ।

क्रोएसियाको भने ३ खेलमा २ अंक मात्र भएको छ । अल्बानिया भने १ अंक सहित समूहको अन्तिममा छ ।
प्रतियोगिता अन्तरगत आज समूह डीका अष्ट्रिया र नेदरल्याण्ड तथा फ्रान्स र पोल्याण्ड बिचको खेल हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved