मेलम्चीको मूलद्वार बन्द, काठमाडौंमा खानेपानीको आपूर्ति रोकियो

नेपालभ्युज

मेलम्चीको मूलद्वार बन्द, काठमाडौंमा खानेपानीको आपूर्ति रोकियो

काठमाडौं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिएको छ ।

मेलम्ची नदीको बहाव बढेपछि बाढीका कारण पानी धमिलो भएको भन्दै हिजोदेखि मूलद्वार बन्द गरिएको हो ।

मूलद्वार बन्द भएसँगै खानेपानीको आपूर्ति पनि बन्द भएको छ । बाढीले आयोजनाको बाँधमा क्षति पु¥याएको छ ।

आयोजनासम्म जाने पुल समेत बाढीले बगाएपछि आयोजनालाई सुरक्षित राख्न आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

आपूर्ति बन्द भएसँगै काठमाडौंमा खानेपानीको समस्या हुने भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved