चट्याङ लागेर खेतमा काम गरिरहेका दुई जनाको मृत्यु

नेपालभ्युज

चट्याङ लागेर खेतमा काम गरिरहेका दुई जनाको मृत्यु

काठमाडौं । झापामा आज बिहान चट्याङ् लागेर खेतमा काम गरिहेका दुई जनाको मृत्यु भएको छ ।

झापाको कमल गाँउपालिकाको समयगढस्थित खेतमा काम गरिहेका बेला चट्याङले लाग्दा ४६ वर्षिय राजन खड्काको मृत्यु भएको प्रहरी चौकी क्याम्पाले जनाएको छ ।

बिहान ७ बजे चट्याङ लागेर गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो ।

अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

त्यस्तै झापाको गौरिगंजमा सीताराम दाहालको खेतमा काम गर्दै गरेका विकास गिरीको पनि चट्याङ लागेर मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको गौरीगंज प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved