बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश, अष्ट्रेलिया पनि बाहिरियो

नेपालभ्युज

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश, अष्ट्रेलिया पनि बाहिरियो

काठमाडौं । बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह एक अन्तर्गतको सुपर ८ अन्तर्गत बिहान भएको खेलमा अफगानिस्तान ८ रनले विजयी भएको हो ।

१ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानको जितसँगै पूर्वविजेता अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

अर्को सेमिफाइनलमा भारतले इङ्ल्यान्डसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved