चिनीको सट्टा खानुहोस् यी तीन चीज

नेपालभ्युज

चिनीको सट्टा खानुहोस् यी तीन चीज

एजेन्सी । आवश्यकताभन्दा धेरै चिनीको सेवन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

मधुमेह भइसकेपछि त गुलियो चिज खान बन्द गर्नुपर्ने हुन्छ । तपाईं पनि मधुमेह लागेर सबै खान बन्द नहोस् भन्ने चाहनुहुन्छ भने अहिलेदेखि नै सावधान हुनुहोस् । गुलियो पनि चिनीको छ भने त्यो निकै हानिकारक हुन्छ ।

त्यसैले तपाईं चिनीको स्थानमा अन्य मिठा चिजको प्रयोग पनि गर्न सक्नुहुन्छ । चिनीको स्थानमा तपाईं शख्खर अर्थात् गुडको प्रयोग गर्न सक्नुहुन्छ । गुड गुलियो हुनुका साथै, यसमा आइरन, क्याल्सियम, पोटाशियम, म्याग्नीज, म्याग्नेशियम जस्ता पोषक तत्व पनि हुन्छन् ।

त्यस्तै, स्वास्थ्यका लागि कोकोनट सुगर पनि एउटा राम्रो विकल्प हो । तर, यो त्यति सजिलै बजारमा पाइँदैन । त्यसैले तपाईं प्राकृतिक महको प्रयोग गर्न सक्नुहुन्छ ।

महमा भिटामिन सी, बी, एन्टीअक्सीडेन्ट जस्ता गुणहरु पाइन्छन् । जो गुलियो हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । चिनी बाहेक यी चीज मिठोका लागि खानु फाइदाजनक हुन्छन् । तर, यी पनि सीमित मात्रामा नै खानु पर्छ ।

अत्यधिक गुलियो सेवनले मधुमेह तथा मोटोपनको समस्या ल्याउन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved