यो मौसममा एकदमै राम्रो हुन्छ घैंटाको पानी

नेपालभ्युज

यो मौसममा एकदमै राम्रो हुन्छ घैंटाको पानी

एजेन्सी । अहिलेको समयमा घरमा घैंटाको प्रयोग निकै कम हुँदै गएको छ । शहर बजारमा त यसको प्रयोग एकदमै न्युन मात्रामा हुन्छ । सबै क्षेत्रमा पानी चिसो बनाइराख्न फ्रिजको प्रयोग बढेको छ ।

फ्रिजको पानी भन्दा माटोको घैंटोमा राखिएको पानी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । माटोको भाँडामा राखिएको पानी सदियौंदेखि प्रयोग हुँदै आएको छ ।

विशेषगरी गर्मीको मौसममा घैंटाको पानी अवश्य प्रयोग गर्नुपर्दछ । घैंटा बजारमा त प्रशस्त पाइन्छन् तर, यसलाई खरिद गर्ने व्यक्तिको भने कमी भएको छ । यसको पानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।

बच्चाका लागि पनि फ्रिजको पानी नदिई घैंटाको पानी दिन सक्नुहुन्छ । यसमा पानी चिसो रहनुका साथै स्वस्थकर पनि हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved